वास्तुशास्त्रका तीस महत्वपुर्ण सूत्रहरु (Thirty Important Formula of Vaastu)
वास्तुशास्त्रका तीस महत्वपुर्ण सूत्रहरु (Thirty Important Formula of Vaastu)
१. शौचालयको सिट उत्तर –दक्षिणमा राख्नुपर्द छ । कबातथ तबलप उत्तर –पश्चिम
या दक्षिण–पूर्वको कुनामा राख्न सकिन्छ ।
२. फोहोरको भाँडो सडकको बत्ती, खम्बा या ठूलो प्रवेशद्वार ढोकाको अगाडि
हुनुहुँदैन ।
३. भान्सा, शौचालय तथा पूजाघर एक–अर्काको वरिपरि बनाउनु हुँदैन ।
४. घरको उचाइनै ऋत्यबाट ईशानतर्प घटेको हुनुपर्द छ ।
५. मूल ढोकामा मूर्ति लगाउनलाई शुभ मानिएको छ ।
६. घर को उत्तर –पूर्वी कुना सदैव सफा–सुग्घर राख्नु पर्द छ ।
७. घरको वरि परी किराहरुले दुःख दिएमा समुद्रबाट प्राप्त नून मिलाएर छर्नाले
किराको प्रभाव घरमा पदैन ।
८. विद्यार्थीले उत्तर अथवा पूर्व दिशातर्प मुख गरेर पढ्ने लेख्ने गर्नु पर्द छ ।
९. कुनै पनि बिमको तल बस्न तथा सुत्न हुँदैन ।
१०. युद्ध, अपराध, अशान्ति, आक्रोश या कष्टकारक कुनै पनि चित्र अथवा पेन्टिङ्ग
मुख्य कोठामा राख्नु हुँदैन ।
११. घरको मूलमा कुनै पनि रुखको छाया पर्नु हुँदैन ।
१२. वर्षाको पानी या नाली उत्तर –पूर्व तर्प बग्ने हुनुपर्द छ ।
१३. भ¥याङ्ग तल या माथि शौचालय अथवा पूजाघर बनाउनु हुँदैन ।
१४. घरमा बिहान नौ बजे देखि तीन बजे सम्म रूखको छाया पर्दछ भने त्यो अशुभ
अथवा कष्टदायक हुने गर्दछ ।
१५. घरमा Gard को लागि पूर्व फर्कदा बायाँ भागमा राख्नुपर्द छ ।
१६. घरमा भ¥याङ्गको ढोका पूर्व या दक्षिण दिशामा राख्नु शुभ फलदायक हुन्छ ।
घर को पश्चिम या उत्तर मा दायाँतर्पको निर्माणलाई उत्तम मानिएको छ ।
१७. Parking को लागि उत्तर –पश्चिमको स्थानलाई प्रयोगमा ल्याउनु पर्द छ ।
१८. जुन भूमिमा भवन निर्माण गर्ने हो त्यस स्थानको माटो लाई निकालेर अर्को
माटो राखेर बनाउनाले सबै प्रकारको भूमिगत दोष निवारण हुन्छन् ।
१९. ईशानकोणलाई ईश्वरको निवास मानिएको छ । त्यसैले भवनको ईशानकोणमा
शौचालय राख्नु अथवा त्यस दिशामा फोहोर हुनु कष्टकार हुन्छ ।
२०. प्रवेशद्वार उत्तर अथवा पूर्वमा हुनुलाई उत्तम मानिएको छ । बीचमा ढोका राख्नु
हुँदैन । बीचमा ढोका भयो भने कुलको नाश हुनसक्दछ ।
२१. गृहस्वामीको कक्ष पश्चिम अथवा दक्षिण दिशामा बनाउनु पर्दछ । जहाँसम्म
हुन सक्छ दक्षिण पश्चिमनै ऋत्य कोणमा बनाउनु राम्रो मानिन्छ ।
२२. घरको विस्तार चारै दिशामा गर्नु राम्रो हुन्छ । केवल दक्षिण–पश्चिममा अथवा
दक्षिण–पूर्वमा बढाउनाले धनहानि, शोक, आगलागि, दुर्घटना, चोरी, डकैती,
स्वास्थ्य हानि, अनावश्यक चिन्ता, शोक आदि हुने गर्द छ ।
२३. शयनकक्षमा पेयपदार्थ , कीटनाशक औषधि आदि राख्नु हुँदैन । यसले मानसिक
उद्वेग, चिन्ता भोग्नुपर्ने हुन्छ ।
२४. भूमिगत जल भण्डारण उत्तर –पश्चिम दिशामा राख्नाले वंश वृद्धिमा रूकावट
हुन्छ । धनहानिका साथै मानसिक अशान्ति र क्लेशबाट मुक्त हुन सकिँदैन ।
२५. गौशाला घरमा उत्तर –पश्चिम दिशा अर्थात् वायव्य कोणमा राख्न सकिन्छ ।
२६. पूर्व एवं उत्तर दिशामा घरको झ्याल एवं ढोका धेरै भएमा राम्रो रहन्छ ।
२७. निर्माण स्थलको जग्गा ढलान उत्तर दिशामा एवं पूर्व दिशामा हुनुपर्द छ, जसले
गर्दा पानीको निकास ईशा को णतर्फ गएमा राम्रो रहन्छ ।
२८. पूजा–अर्चनाको समयमा यथासम्भव आफ्नो मुख ईशान उत्तर या पूर्व दिशा
अथवा पूर्व दिशातर्प फर्कनुपर्छ ।
२९. यदि घर बाट निस्कने समयमा दक्षिणतर्प मुख पर्दछ भने त्यसबाट अनावश्यक
परे शानी एवं हानि हुने गर्द छ जहासम्म हुन सक्दछ यसबाट बच्नु नै राम्रो हुन्छ ।
३०. भवन अथवा जमिनको ईशान कोण अन्य कोणभन्दा ठूलो भयो भने सूर्य सिद्धि
एवं सुखको दाता हुन्छ, सानो भयो भने कष्टकारक हुन्छ ।
हजुर नमस्कार मैले कोठा लिएर लेखापढी को अफिस खोलेको छु उक्त कोठा पश्चिम तिर फ्रकेको छ त्येसमा टेबुल कुर्सि कसरि राखने कतातिर फ्रकेर बस्ने ल्यापटप प्रिन्टर कसरि राखने र अरु के गर्दा सेवाग्राही हरु लाई आकर्षण गर्न सकिन्छ बताइदिनुस् गुरु जि