भूमिको परीक्षण (Test Of Land)
भूमिको परीक्षण (Test Of Land)
भूमिको पररीक्षणको लागि जमिनको जुन भूभागमा भवनको निर्माण गरिने
हो, त्यही भूभागको मध्यमा गृह निर्माणकर्ताले स्वयं आफ्नो हातको नापले एकहात
लामो , एक हात चौडा र एकहात गहिरो खाल्टो खन्नुपर्द छ । खाल्टो खनिसके पछि
त्यो खाल्टो पुर्दा यदि माटो बाँकी रह्यो भने त्यो उत्तम हुन्छ । बराबर भएमा सम र
माटो कम भयो भने त्यो भूमि भवन निर्माणको लागि अशुभ फलदायी र अनुपयुक्त
हुने मानिएको छ । त्यस्तो अनुपयुक्त भूमिमा भवननिर्माण गर्नुहुँदैन ।
भूमि परीक्षणको एउटा अन्य विधिअनुसार उपर्युक्त प्रकारले खाल्टो खनेर
त्यसमा माटोको सट्टा पानीले भन्ने गरिन्छ । पानी भरिसके पछि सय कदम टाढा गएर
फर्के पछि परीक्षण गर्ने । यदि त्यो खाल्टो भरिएको छ भने उत्तम हुन्छ, चौथाइ या
आधा भन्दा धेरै पानी बाँकी रहेको छ भने मध्यम र त्यो भन्दा कम पानी छ भने
अशुभ फलदायी तथा अनुपयुक्त सम्झनु पर्दछ । त्यस्तो अनुपयुक्त जमिनमा निर्माण कार्य गरिनु हुँदैन ।
तत्कृत्वा जलपूर्ण माशत पदं गत्वा परीक्षयं पुनः ।
पदोनेऽर्वर्ध विहीन कोऽनिमृते मध् याधमष्ठाम्वुमिः ।।
भूपरीक्षणको लागि खनिएको भूमिमा पानी भर्नाले तत्काल पानी सुक्दैन
र त्यो भरि नै रहन्छ भने शुभ हुन्छ । पानी तत्काल सुक्यो भने अशुभ र पानी भर्ने
समयमा स्थिर रह्यो भने स्थिरता, यदि पानीले दक्षिण दिशातर्प भ्रमण ग¥यो भने सुख
र उत्तर तर्प भ्रमण ग¥यो भने मृत्युसमेत हुन सक्दछ । अन्न रोपेर पनि भू–परी क्षण गर्न
सकिन्छ । अङ्कुर आयो भने उत्तम र आएन भने त्यो भूमि भवन निर्माणको लागि
योग्य हुँदैन ।
खाल्टो मा पानी भर्दा बिहानसम्म पानी रह्यो भने शुभ, रहेन भने मध्यम
तथा जमिनमा चिरा प¥यो भने अशुभ फल दिने हुन्छ ।
भूमि खन्दा यदि पाषाण निस्क्यो भने वृद्धिकारक इट्टा निस्क्यो भने अर्थागम
तथा समृद्धिकारक, द्रव्य निस्क्यो भने सुखकारक, तामा आदि धातु निस्क्यो भने सबै
प्रकारले लाभदायी हुन्छ । परन्तु खाल्टो , हड्डी, कोइला, कपाल आदि निस्क्यो भने
कष्टकारक एवं दुःखदायी हुन्छ ।