वास्तुको उत्पत्ति (Evulation of Vaastu)
वास्तुको उत्पत्ति (Evulation of Vaastu)
वास्तु भन्ने बित्तिकै निर्माण शैलीहरुलाई बुझिन्छ । यसलाई चित्रहरुको
सङ्ग्रह वा भौतिक निर्माणको आकृतिको संज्ञा दिएको छ । मानवीय विकाससँगै
वास्तु शास्त्रको प्रयोग भएको हो । त्रिभुजाकार धन्नाहरु भएको घर हरु बनाउने
वडार हरुमा वास्तुको सिद्धान्त प्रयोग भएको इतिहासबाट थाहा हुन्छ । विभिन्न मठ
मन्दिर , पूजास्थल, कार्यालय र घरमा वास्तुको प्रयोग गरेको हुन्छ । जसमा पिरामिड
शैली, चैत्य शैली र शिखर शैली अपनाइएको हुन्छ । जुन वास्तु शास्त्रको उपज
हो । वास्तुले विभिन्न आकार बनाउन सिकायो । विभिन्न अशुभ सङ्केतलाई सुख
सङ्केतमा पुर्याउने प्रयास गर्यो । जुन अस्तिक र नास्तिकको दुबैको लागि जति
प्रयोगसिद्ध भयो । २१ औं शताब्दी पनि वास्तु शास्त्रको शताब्दी हो । जसमा
ईन्जिनियर हरुले वास्तुको सिद्धान्तमा घरहरु प्रयोगसिद्ध बनाएका छन् त के ही वास्तुको
विपरि त नियममा भएकाले सुधार गर्नु पर्ने आवश्यकता देखिन्छ ।