वास्तुको व्यवहारिक पक्ष
वास्तुको व्यवहारिक पक्ष
वास्तु शास्त्रबाट निर्मित भौतिक निर्माणमा बस्न पाउने व्यक्तिहरु भाग्यमानी
हुन्छन् । यी व्यक्तिहरुले जीवनमा कामको लागि प्रेरणा पाएका छन्, उचित समय
कक्षबाट दाम्पत्य जीवन सफल भएको छ ।
सफा घरमा बसेर स्वस्थ जीवन बिताउन सफल भएको छ । घरमा
मौसम अनुसार हावा, पानी र घामको व्यवस्था हुनाले मानवीय जीवन सहज भएको
छ । वास्तुले आकृति सजावट फैलावट र व्यवहारिक पक्षलाई जोड दिएको छ ।
वास्तु आफै साध्य र साधन नभ्याएर यसको सिद्धान्त महत्वपूर्ण हुन्छन् । वास्तु
अनुसार बनाएको घरको सजावटले काम आकर्षण हुने र समाजमा प्रतिष्ठा वृद्धि
हुने गरेको छ । सफल र शक्तिशाली व्यक्तिहरुले पनि प्रत्यक्ष वा अप्रत्यक्ष वास्तुको
सिद्धान्त प्रयोग गरेको उदाहरण विश्वमा थुप्रैछ ।
वास्तु सिद्धान्त समकालिन विश्वको चर्चाको विषय हो। तर अधिकांश
मानिसहरुको ध्यान गएको छैन । मानिसहरुले भौतिक निर्माण जस्तै घर निर्माण
शौचालय निर्माण, पाठशाला, कार्यालय निर्माण जस्ता क्रियाकलापमा वास्तुको
सिद्धान्त प्रयोग गरेको पाइदैन । यसबाट मानिसलाई आरामदायी जीवन बिताउन
मद्दत मिल्दैन । यसको लागि वास्तु सिद्धान्त अनुसार भवन निर्माण गरेमा अवश्यनै
सुख, शान्ति, सम्यनयता र सम्वृद्धि प्राप्ति हुन्छ । भवनको लागि पृथ्वी (जमीन),
जल, वायु, अग्नी एवं आकाशरुपी पञ्चतत्वहरुको सम्यनयता बाट सुख, सम्यनयता
र मानसिक शान्ति, प्राप्ति गर्न सकिन्छ । वास्तु शास्त्र विपरित घर निर्माण गरेमा
विभिन्न समस्या जस्तै अप्रत्यासित खर्च बढ्ने , पारिवारिक बेमेल, विछोड र अशान्ति
हुने , सोचेको काम नहुने , सम्पत्ति हानी हुने , राज्य समाप्त हुने जस्ता अशुभ फल दिने
हुन्छ । यो मानव निर्मित समस्या नभई वास्तु शास्त्र अनुसार परिवर्तन गरेमा उत्तम
हुन्छ । घडेरी लिंदा जमिनको आकार चारकुने आकार उत्तम हुन्छ । मानिसहरुको
सोचाइमा वास्तु नभए पनि हुन्छ सुख, शान्ति, सम्मृद्धि प्राप्ति हुन्छन् तर वास्तु
शास्त्रको सिद्धान्त प्रयोग हुन्छ भन्नेगलत धारणा छ । घर घडेरी, होटल र व्यवसाय
सञ्चालन गरेमा सोचे भन्दा बढ फल प्राप्ति हुने मानवीय वेदनालाई न्यूनीकरण गर्न
सकिन्छ । तसर्थ मानवीय जीवनमा वास्तुको सिद्धान्त लागू गरी सहज जीवन जिउन
सकियोस् भन्नेधारणा वास्तु शास्त्रले अगाडि सारेको छ । तसर्थ वास्तु शास्त्रले
प्रयोगशील जीवन बनाउन सकियोस् भन्ने मेरो धारणा छ ।