पूजा घरको लागि टिप्स

 In वास्तु टिप्स

पूजा घरको लागि टिप्स

  • पूजाघर ईशान कोण (उत्तर पूर्व दिशा)मा स्थापित गर्नाले ज्ञानको वृद्धि तथा आत्मा शुद्ध हुन्छ ।
  • गणेश भगवानको स्थापना कहिल्यैपनि पूर्व या पश्चिम दिशामा गर्नु हुँदैन । गणेश भगवानको मुख सधै उत्तर दिशामा राख्नु पर्दछ । गणेशको स्थापनाको लागि सही दिशा दक्षिण हो ।
  • पूजाघरमा देवी देवताको प्रतिमा वा चित्र पूर्व या उत्तर दिशा तर्फ राख्नु पर्दछ ।
  • सुत्ने कोठामा देवी देवताको मूर्ती तथा दक्षिण दिशामा पूजा घर स्थापित गर्नु हुँदैन ।
  • पूजाघर शौचालय या स्थानघरको माथी–तल या आसपास बनाउनु हुँदैन ।
  • पूजाघरमा पूजाका सामग्रीहरु पश्चिम या दक्षिण दिशा तर्फ राख्नु पर्दछ ।
  • पूजाकोठामा दियो राख्ने स्थान, हवन कुण्ड वा यज्ञ गर्ने स्थान दक्षिण पूर्व दिशामा हुनु पर्दछ ।
  • पूजाघरको ढोका दुई पल्ला भएको हुनु पर्दछ ।
  • पूजाघरको भित्र कुनैपनि फुटेका मूर्ति या तस्वीर राख्नु हुँदैन ।
  • मूर्तिको आकार पनि सानो हुनुपर्दछ ।
  • हनुमान जी को मूर्ति वा तस्वीर उत्तर दिशामा स्थापित गर्नु पर्दछ जसले गर्दा उनको दृष्टि दक्षिण दिशामा रहन्छ ।
  • घरको भित्र शिवालय बनाउन राम्रो मानिदैन तर अन्य देवी देवताको साथमा भगवान शिवको तस्वीर या मूर्ति राख्न सकिन्छ ।
  • सफा गर्दाको समयमा मन्दिरको पूजा स्थलबाट केही सामग्री हटाउनु परेमा त्यसलाई नदी वा जलमा प्रवाहित गर्नु पर्दछ, त्यस्तो वस्तुहरुलाई घरमा फेरी अन्त कतै राख्नु हुँदैन ।
  • घरमा मन्दिर पूर्व दिशामा हुनु पर्दछ र सुत्ने समयमा व्यक्तिको खुट्टा मन्दिर तर्फको दिशामा हुनु हुँदैन ।




Recent Posts

Leave a Comment

0
पश्चिम दिशामा वास्तु दोष