पसल वा सोरुमको लागि वास्तु टिप्स

 In वास्तु टिप्स

पसल वा सोरुमको लागि वास्तु टिप्स

वास्तु शास्त्रको अनुसार पसल वा शोरुमको शुरुवात गर्नको लागि विशेष नियम बताइएको छ जुन एक प्राचीन रहस्य छ । व्यक्तिको सफलताको लागि उसको मेहनत वा आय मा निर्भर हुन्छ । सफल कारोवारको लागि व्यक्तिलाई आफ्नो कार्यस्थलको वास्तुको ध्यान राख्नु पर्दछ ।

पसल वा सोरुमको लागि वास्तु टिप्स

  • पसल या शोरुमको मुख पूर्व वा उत्तर दिशा तर्फ हुनु पर्दछ । यदि यस्तो सम्भव छैन् भने पश्चिम दिशा तिर गर्नु पर्दछ ।
  • वास्तु विद्याको अनुसार दक्षिण तिर पसल वा सोरुमको मुख बनाउनु शुभ मानिदैन । 
  • पसल वा शोरुम भित्र सामान राख्नको लागि  र्‍याक पश्चिम या दक्षिण दिशामा बनाउनु पर्दछ । 
  • पसल वा शोरुममा उत्तरपूर्व या दक्षिण पूर्व दिशामा विक्री गरिने सामग्री राखिनु हुँदैन । 
  • वास्तु शास्त्र अनुसार उत्तरपूर्वमा इष्टदेवको मूर्ति वा पानी राख्न शुभ मानिन्छ । 
  • दक्षिणपूर्व दिशामा विजुलीको मुख्य बोर्ड, इन्भर्टर वा जेनेरेटर राख्न शुभ मानिन्छ । 
  • पसल वा शोरुममा काम गर्ने कर्मचारीलाई पश्चिम या दक्षिण दिशा तर्फ हुनु शुभ मानिन्छ ।
  • पसल वा शोरुमको मालिक पश्चिम दिशा तर्फ बस्नु पर्दछ यसो गर्नाले आयमा वृद्धि हुनेछ ।
  • पैसा राख्ने स्थान पश्चिम वा दक्षिण वालको साथमा राख्न शुभ मानिन्छ । 
  • पैसा राख्ने स्थान, सेफ, मालिक वा मेनेजरको स्थानभन्दा माथी बीम हुनु हुँदैन । यदि रह्यो भने व्यवसायमा लाभ हुँदैन ।
  • यदि ग्राहक पसल वा शोरुममा प्रवेश गर्दैछ भने उसको मुख उत्तर वा पूर्व तिर हुनु पर्दछ यसले उत्साह बढ्ने र वातावरण राम्रो हुनेछ । 
  • पसल वा शोरुमको उत्तर या पूर्व दिशामा देवी, लक्ष्मी र गणेशको मूर्ती राखेमा व्यापारमा लाभ हुनेछ । 
  • चतुर्भूज या गोलाकार आकारको पसल वा शोरुम अधिक शुभ मानिन्छ । 
  • धेरै सामान पसल वा शोरुमको दक्षिण पश्चिम दिशामा राख्नु पर्दछ । 
  • यदि पसल वा शोरुममा टिभी वा कम्प्युटर राख्नु छ भने दक्षिण दिशा सबैभन्दा उत्तम मानिन्छ । 
Recent Posts

Leave a Comment

0
पश्चिम दिशामा वास्तु दोष