घटस्थापना – आश्विन शुक्ल पक्ष प्रतिपदा – नवरात्र आरम्भ

 In पर्व

आश्विन शुक्ल पक्ष प्रतिपदाका दिनलाई घटस्थापना भनिने र यसै दिनदेखि नवरात्र आरम्भ हुन्छ ।

भवानीको नौ दिनसम्म विभिन्न नामले पुकारेर विशेष पूजा तथा आरधना गर्ने गरिन्छ  । भवानीको पूजा गर्नु अघि चोखो भएर चोखो कपडा धारण गरी पञ्चगव्य खानुपर्छ । त्यसपछि ॐ अच्युताय नम, ॐ अनन्ताय नम, ॐ गोविन्दाय नमः भनेर आचमान गरी ॐ विष्णवे नमः हात धुनु अनि गायत्री मन्त्र भन्दै दियो प्रज्वलन गर्नु पर्दछ । विधिपुर्वक कर्मपात्र स्थापना गरि त्यसको जल आफू र पूजा गर्न तयार गरिएको पूजाको सामग्रीलाई सेचन गर्नु पर्दछ ।

यस दिन झिसमिसे बिहानीमै नदी, खोला, वगर या आफूलाई पायक पर्ने ठाउँमा गई चोखो बालुवा या पञ्चमाटो ल्याई दसैँ घर या पूजाकोठामा राखी त्यस ठाउँमा जमरा उमार्न जौ छरिन्छ । यस दिन दियो, गणेश र कलशको पूजा गरी घटस्थापना गर्ने र शक्तिस्वरुपा महाकाली, महालक्ष्मी र महासरस्वतीको पूजा गर्दै जमरा राखिन्छ । जौलाई वैदिक यज्ञको लागि अत्यावश्यक वस्तु मानिन्छ । माता भगवतीलाई मन पर्ने वनस्पतिमा जमरा पनि एक भएकोले भगवतीलाई खुसी पार्नको लागि जमरा उमार्ने गरिएको हो । त्यसै स्थान नजीकै माटोको विशुद्ध जलपूर्ण घडा (कलश)को वरिपरि नौवटा देवीको स्वरूपको प्रतिमूर्ति मानी गाईको गोबरले नौवटा देवीको वेदी बनाई लेपन गरिन्छ र घडाको वरिपरि जौ पनि गाडिन्छ । अनि जलपूर्ण कलशमा पञ्चपल्लवको पात चढाइ अनन्त शक्तिस्वरूपा महाकाली (संहार), महालक्ष्मी(सुरक्षा) र महासरस्वती (सृष्टि)को स्वरूप

सिंहमा बसेकी, चन्द्रमाको मुकुट लगाएकी, मरकत मणिसान क्रान्ति भएकी, चार हातमा शंख– चक्र–धनुष–वाण लिएकी र तीन नेत्रले अत्यन्त सोभित भएकी विभिन्न अंगमा वाधिएकी वाजुबन्ध हार,कंकर्ण सचिएकी दुर्गादेवीको ध्यान गर्नुपर्छ । सबैभन्दा पहिला उनको पूजा गरेर आवाहन गर्नुपर्छ । आसनमा बसालेर विभिन्न जल तथा पञ्चामृतले सेचन गराइ, सुगन्धित धूप बालेर ॐ दुर्गादेव्यै नमः स्नानर्थे जलम् समर्ययामि उच्चारण गर्नुपर्छ । सबैभन्दा पहिला गाईको पवित्र दुधले दुर्गादेवीको स्नान गराउनु पर्छ । त्यसपछि जल, दहीले स्नान गराइसकेपछि पुनः शुद्ध जलले स्नान गराउनु पर्छ । घ्यू , मह, चिनी,ले स्नान गरानु पर्छ । प्रत्येक पटक शुद्ध जलले पनि स्नान गराउँदै जानु पर्छ । पञ्चामृत स्नान गराई ॐ दुर्गादिव्यै नमः भन्नु पर्छ । ॐ दुर्गादिब्यै नमः भनी विभिन्न सुगन्धित वस्तुहरु चडाउँदै वस्त्र, सौभाग्य, चन्दन, वेसार, कुङकुम, सिन्दुर, गाजल, वेलपत्र, आभूषण, फूलको माला , अविर, सौभाग्य भेटिका, धूप, दीप, नैवेद, आचमनीय, ऋतुफल (मौसमअनुसा पाइने फल), पानसुपारी दक्षिण, आरती गरी भवानीको परिक्रमा गरेर नमस्कार

। ब्रहृमवैवर्तपुराण ग्रन्थका अनुसार वर्णन गरिएका नवदिग्दुर्गाहरू प्रकति-पूर्व, चण्डिका-आग्नेय, भद्रकाली-दक्षिण, सर्वमङ्गला-वायव्य, वैष्णवी- उत्तर, शिवप्रिया-ईशान, जगदम्बिका- जल, थल र आकाश- यी नामहरूले दुर्गाहरू विभिन्न दिशाका अधिष्ठात्री देवीहरू भएको पाइन्छ । हाम्रो धर्म, संस्कृति अनुसार घट कलशमै सम्पूर्ण देवीदेवता सप्तसागर, सप्तद्वीप, सम्पूर्ण नदी एवं तीर्थहरू निहित छन्, जुन कुरा कालिकापुराण भन्ने ग्रन्थमा उल्लेख भएको छ । यसका अतिरिक्त घटकलश अष्टमङ्गलका शुभ चिन्हहरूद्वारा समाहित गरिएको पाइन्छ ।  यसरी उमारिएको जमरा विजया दशमीका दिन देवीको प्रसादका रुपमा लगाउने गरिन्छ । यो दिन ठूलाले सानालाई सुख, शान्तिर समृद्धि र विजयीको आशीर्वाद दिने गरिन्छ ।

Recent Posts

Leave a Comment

0