चन्द्रघण्टाको

 In पर्व

पिण्डज प्रवरारुढ़ा चण्डकोपास्त्र कैर्युता |

प्रसादं तनुते मह्यं चंद्र घंष्टेति विश्रुता।।

खराब तत्व र दुष्टहरूको दमन र शमनमा सधै व्यस्त रहने माता चन्द्रघण्टाको उपस्थिति नै शक्तिको श्रोत हुनसक्छ। यसकारण , उहाँका भक्तहरूका लागि माता चन्द्रघण्टा शान्त, निर्मल, पवित्र र भद्र हुनुहुन्छ। माता चन्द्रघण्टाको पूजा आराधना गरेर तपार्इँ महान सम्मान, प्रतिष्ठा र यसको ढोका खुला गर्नुहुन्छ। माता चन्द्रघण्टा तपार्इँलार्इ आध्यात्मिक प्रबोधनका लागि पनि सहयोग गर्नुहुन्छ। सुन्दरता र बहादुरीकाे प्रतीक उहाँको आदर्शले तपार्इँलार्इ नकारात्मक शक्तिलार्इ टाढै राख्ने शक्ति प्रदान गर्नुहुन्छ र दुःख तथा कष्टलार्इ तपार्इँको जिवनमा पार गर्नुहुन्छ ।

नवरात्रिको तेश्रो दिन, शक्ति रूपिणी देवि दुर्गाको तेश्रो रूप माता चन्द्रघण्टाको पूजा आराधना गरी मनाइन्छ । माता चन्द्रघण्टाले शिरमा धारण गरेको आभूषणको शिरभाग अर्धचन्द्राकार भएकाले उहाँको नाम चन्द्रघण्टा रहेको विश्वास गरिन्छ। शान्ति, निर्मलता र समृद्धताका प्रतीक माता चन्द्रघण्टाका तीनवटा आँखा र दशवटा हात छन। उहाँ न्यायका प्रतीक हुनुहुन्छ र आफ्ना भक्तहरूलार्इ चुनाैतिहरूको सामना गर्ने साहस र शक्ति प्रदान गर्नुहुन्छ।

Recent Posts

Leave a Comment

0