घर निर्माणको लागि जमिन खरिद गर्दा ध्यान दिनुपर्ने कुराहरु
घर निर्माणको लागि जमिन खरिद गर्दा ध्यान दिनुपर्ने कुराहरु
घर निर्माणको लागि जमीन खरिद गर्दा वास्तुमा आधारित कुराहरुको विशेष ध्यान राख्नु पर्दछ । आफ्नो घरमा खुशियाली बनाउनको लागि यी कुराहरुले महत्वपूर्ण भूमिका खेल्दछ :
- सिधा सूर्यको प्रकाश प्रवेश गर्ने र दिनहुँ विहान उदाउँदो सूर्यको दर्शन हुनसक्ने जग्गा घरको लागि उचित मानिन्छ।
- दक्षिण पश्चिममा अग्लो, उत्तर पूर्वमा होचो त्यस्तै दक्षिण पूर्व पट्टी दक्षिण पश्चिमबाट होचो र उत्तर पूर्व भन्दा अग्लो छ भने त्यसलाई राम्रो मानिन्छ ।
- जमीन खरिद गर्दा माटोको रंग जस्तो भएता पनि चम्किलो हुनु पर्दछ । माटो यदि पहेलो वा सेतो छ भने शुभ मानिन्छ । यदि रातो छ भने मध्यम र कालो छ भने त्यस्तो जमीनमा घर वा कार्यालय बनाउनु हुँदैन ।
- यदि जमीन खन्दा माटोमा हड्डी, फाटेको कपडा, कपाल, फलामका टुक्रा पाइएमा त्यस्तो जमीनमा बस्न उपयुक्त मानिदैन् ।
- पहिला दाहसंस्कार गरिएको छ भनेपनि त्यस्तो जमीन बस्नको लागि योग्य मानिदैन ।
- ठुल्ठुला चट्टान भएको वा पहाडको पछाडी पर्ने जमिन पनि निवास बनाउनको लागि उपयुक्त मानिदैन् ।
- जमीनमा २ फिट गहिरो चौडाई भएको खाल्टो खनेर बाहिर निस्किएको माटोलाई पुन: खाल्टोमा हाल्दा केही माटो बाँकी रह्यो भने त्यस जमीनलाई उपयुक्त मानिन्छ । यदि माटो बाँकी रहेन भने उक्त जग्गालाई मध्यम खालको मानिन्छ र माटो कम भयो भने उक्त जग्गामा भवन बनाउन उपयुक्त हुँदैन ।
- जमीन शुभ वा अशुभ भनी पानीबाट पनि जाँच गर्न सकिन्छ यसको लागि २ फिट गहिरो चौडाई भएको खाल्टो खनेर त्यसमा पानी भर्ने र १ देखि २ मिनेट पछि हेर्दा पानी कम भएको छैन भने उक्त जमीन अतिउत्तम मानिनेछ यदि पानी थोरै घटेमा उत्तम र पुरै सुकेमा उक्त जग्गा राम्रो मानिदैन् ।
Recent Posts